मनोरंजन

दयाहाङ र वर्षाको दुई नम्बरी

काठमाडौं । अघिल्लो चलचित्र छ माया छपक्कै ३ को सफलतापश्चात् निर्देशक दीपेन्द्र लामा नयाँ चलचित्र ‘२ नम्बरी’को निर्देशनमा जुटेका छन् । यो चलचित्रको सोमबार काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरियो ।

यो चलचित्रमा दयाहाङ राई, वर्षा राउत, पल शाह, बुद्धि तामाङलगायतका कलाकार चयन भएको निर्देशक लामाले कार्यक्रममा बताए । चलचित्रमा लेखन पनि लामाकै रहने छ ।

चलचित्रमा २ जना साथीको कथालाई समेटिएको पनि लामाले बताए ,‘एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरूको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्नेछ । साथमा, चलचित्रले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ ।’

अभिनेता दयाहाङ राइले पत्रकार भेटघाटका क्रममा बोल्दै चलचित्रको कथा मन परेपछि आफू यसमा काम गर्न तयार भएको बताए । अभिनेत्री वर्षा राउतले चलचित्रको कथा र विषयवस्तु आफूलाई मन परेकै कारण यो फिल्ममा जोडिएको बताइन् ।

२५ माघबाट छायांकन सुरु गरिने यो चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । रेड बर्ड प्रोडक्सन र आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली, कार्यकारी निर्मातामा रत्न श्रेष्ठ छन् । जसमा निर्मातामा रोहित कट्टेल, सरोज नेपाली, सह निर्मातामा अमलादेवी राई छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *