मनोरंजन

हिरासतमा नबस्ने भनेपछि आस्थालाई अस्पताल लगियो, अस्पतालमै नायिका रेखा थापाले आस्थालाई भेटेर लेखिन् यस्तो स्टाटस (स्टाटससहित)

काठमाडौं, १४ माघ । प्रहरीले गायिका आस्था राउतलाई ४ दिन हि’रा’सतमा राख्ने भएको छ । सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।सोमबार प्रहरी सम्पर्कमा आएकी राउतमाथि अनुसन्धानका लागि सात दिन थुनामा राख्ने अनुमति माग्दै गएको प्रहरीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन थुन्न आदेश दिएका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरेको छ । म्याद थप भएसँगै उनलाई हि’रा’तमा राखेर कानुनी प्रक्रिया सुरु गरिने छ ।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठसँग भनाभन भएपछि फेसबुक लाइभमार्फत् राउतले प्रहरीको आलोचना गरेकी थिइन् । प्रहरी जवान श्रेष्ठले त्यही प्र’क’रणमा गायिका राउतले आफूमाथि दु’र्व्य’व’हार गरेको भन्दै प्रहरीसमक्ष उ’जुरी दिएकी थिइन् ।

यसैबीच नायिका रेखा थापाले प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतलाई अस्पतालमै गएर भेटेकी छिन् । रेखाले, आस्थाले कुनै नियोजित अ’प’राध नगरेको बरु भुल र आ’क्रो’शमा अ’पशब्द बोलेको रुपमा लिनु पर्ने बताएकी छिन् ।रेखाको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *