मनोरंजन

अमेरिकामा बसोबास गरिरहेकी रानी शाक्य र कमल खत्रीले भ्यालेन्टाइन डेको अवसर पारेरप्रेमिल गीत ल्याउँदै

काठमाडौँ, १४ माघ । अमेरिकामा रहेकी गायिका रानी शाक्य पछिल्लो समय गीत संगीतको यात्रामा झनै सक्रिय भएर लागी परेकी छिन् । एकपछि अर्को गीत गर्दै बजारमा ल्याउने सुर कसेकी गायिका शाक्यले हाल भने धेरैले धेरै कथा लेखे बोलको गीत बजारमा ल्याउने तयारी गरेकी छिन् ।

गीतमा रानीका अलावा लोकप्रिय गायक कमल खत्रीको स्वर समावेश हुनेछ भने शब्द अरुण तिवारीका हुने । दीपकराज गौतमको संगीत तथा संगीत संयोजन पुरुषोत्तम न्यौपानेले गरेको गरेको गीतको भिडियोमा चर्चित नायिका तथा मोडल मरिश्का पोखरेलको अभिनय रहनेछ ।

जसमा मरिश्कासँग रंजन रिजालले रोमान्स गर्नेछन् । प्रेमिल गीत भएकोले भ्यालेनटाइन दिवदसको छेको पारेर रिलिज गरिने निर्माण यूनिटको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *