प्रमुख समाचार

छोराछोरीको भविष्य बनाउन भन्दै सन्तोष फेरी साउदी हिँडे, उनको विदाईमा थामिएन कसैको आँसु (भिडियो हेर्नुस्)

काठमाडौं । चितवनमा केही समय चर्चित भएको सन्तोष र प्रमिलाको घटनाले अब नयाँ मोड लिएको छ । श्रीमतीले घर छोडेर हिडेको खबर पाएपछि साउदीवाट इमरजेन्सी टिकटमा नेपाल आएका सन्तोष फेरी साउदी फर्किएका छन् । विदेशमा कमाएको सम्पत्ती समेत लिएर अर्कैसंग गएकी प्रमिला र उनका प्रेमी अहिले हिरासतमा छन् । सन्तोषले कमाएको सम्पत्ती समेत लिएर हिडेको भनिएकी प्रमिला ३५ दिन पछि फेला परेकी थिइन् ।

उनी वर्दियाको अर्का ब्यक्तिसंग एउटा कोठामा फेला परेकी थिइन् । साउदीमा काम गरेर कमाएको सम्पत्ती समेत लिएर गएको भनिएकी प्रमिलालाई सन्तोषले वहुविवाहको मुद्दा दायर गरेका थिए । उनीहरु अहिले प्रहरी हिरासतमा छन् । श्रीमतीले धोका दिएपछि सन्तोष फेरी छोराछोरीको भविष्य बनाउन भन्दै फेरी साउदी हिडेका छन् । उनका दुई छोराछोरी अब एक्लिएका छन् ।

कमाएको सम्पत्ती पनि सकिएपछि उनी अब छोराछोरीको भविष्यका लागि फेरी साउदी जान लागेको उनले बताएका छन् । उनको विषयमा सामाजिक सञ्जाल र युट्युवमा भिडियो सार्वजनिक भएका कारण अहिले उनलाई धेरैले चिनेका छन् । साउदी जान लागेका सन्तोषलाई विदाई गर्न उनका घरमा धेरै ब्यक्ति पुगेका छन् । केही युट्युव संचालकहरु पनि सन्तोषलाई विदाई गर्न घरमै पुगेका थिए ।

तर प्रहरी हिरासतमा रहकी प्रमिलाले भने एक पटक सन्तोषलाई भेट्न चाहेको कुरा खुलेको थियो । उनले आफ्नो जिवनमा भएका केही कुरा नखुलाएका कारण अहिले यस्तो अवस्था आएको भन्दै उनले केही कुरा खुलाउन चाहेको कुरा बाहिर आएको छ । सन्तोषले पनि त्यो कुरा थाहा पाएको बताएका थिए । प्रमिलाले मलाई केही कुरा भन्न चाहेको भन्ने कुरा मैले पनि सुनेको छु, सन्तोषले भने, केही कुरा होला उनले भन्न चाहेको ।

अब म फेरी विदेश जाँदैछु । उनले आफु विदेश जाने दिन आइसकेकाले प्रमिलालाई भने भेट्न जान नपाएको बताएका छन् । प्रमिलालाई लिएर जाने सुरेश परियार पनि वैदेशिक रोजगारीका लागि विदेशमै थिए । सुरेश विदेशवाट आएर प्रमिलालाई लिएर गएका थिए । सुरेशको पनि दुई छोराछोरी र श्रीमती छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *