मनोरंजन

आस्था राउत छुटेपछि सुगम पोखरेलले भने : बाघ पल्केको छ, अर्को पालो मेरो पनि हुनसक्छ !

काठमाडौ – अभद्र व्यवहार सम्बन्धी कसूरमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत चार हजार धरौटी बुझाएर रिहा भएकी छन् ।

आस्था राउत रिहा भए संगै गायक सुगम पोखरेलले एक कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै बाघ पल्केको छ पालो जसको पनि आउँछ भनेका छन् ।

सुगम पोखरेलले आफ्नो नयाँ गितको भिडियो रिलिज कार्यक्रममा संचारकर्मीहरुको प्रश्नमा भने, “आस्था राउतले गल्ति गरेकी थिईन र उनले आफ्नो गल्ति स्वीकारे पछि प्रहरीले अनुसन्धानलाई राख्न जरुरी थिएन । मैले स्ट्याटस राखेर समेत भनेको छु कि बाघ पल्केको छ मेरो पालो कि तपाईको पालो जहिले पनि हुनेछ ।”

सुगम पोखरेलले कलाकार भएपनि भीआईपी जस्तो हामीले खोज्नु हुन्न जस्तो लाग्छ भन्दै सुगम पोखरेलले उल्लेख गरेका छन् । सुगमका अनुसार आफुले त्यसरी आस्थाको जस्तो व्यवहार सहनु नपरेको तर आफु सधै सतर्क भने रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *