मनोरंजन

नायिका जसिता गुरुङ्ग लाई तानातान गरे ।

फिल्म उद्योगमा हिरोइनको खडेरी कति छ, त्यो थाहा पाउन जसिता गुरुङलाई लिएर दुई निर्माता भिडेबाट थाहा हुन्छ । उनलाई जसितालाई फिल्ममा लिन यस्तो हानथाप चल्यो कि नजिकबाट त्यो तानातान हेरिरहेका मानिस अहिले जसिताको जादु देखेर छक्क परेका छन् ।

इन्टु मिन्टु लण्डनमा बनाएकी रेनेसा राईले जसिता र धिरज मगरलाई लिएर आई एम ट्वान्टी वान बनाउने घोषणा गरिन् । दशैं अघिनै सुटिङमा जाने कुरा थियो । तर, खोई किन हो जान सकेन । यता अनमोल केसीका लागि हिरोइन खोजिरहेका भूवन केसीका आँखामा पनि जसिता नै थियो ।

रेनेशाको तत्काल फिल्म नबन्ने सूचना पाएपछि भूवनले जसितालाई एन्टी हिरोका लागि प्रस्ताव गरे । उनले नाई भन्ने कुरै थिएन । तर, जब रेनेशाले यो कुरा थाहा पाइन्, उनले लण्डनबाट हतार–हतार उनलाई जिकाएर वर्कसप सुरु गरिन् ।

सकभर भूवनको फिल्ममा जसिता नजाउन भन्ने रेनेशाको जोड थियो । तर, कलाकार ओगटेर मात्र फिल्म बन्दैनथियो । यता भूवनले जसितालाई फकाउने क्रम जारी थियो ।

अन्ततः फिल्म नबन्ने भएपछि जसिताले भुवनको फिल्मका लागि साइन नै गरिन् । जसितालाई आफ्नो फिल्ममा लिनका लागि दुवै निर्माताले हुनसम्मको मेहेनत गरेको देखियो । यति भएपछि फिल्म बनाउन पनि यतिकै मेहेनत गरे पो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *