मनोरंजन

साउथले ‘साङ्लो’को फ्लेबर चोर्ने सम्भावना छ : विराज भट्ट

काठमाडौं । नायक विराज भट्टले प्रदर्शनको तयारीमा रहेको आफ्नो चलचित्र ‘साङ्लो’ को चर्चा नेपाल बाहिर पनि रहेको बताएका छन् । उनले भोजपुरी चलचित्र बजार र बलिउडमा पनि ‘साङ्लो’को ट्रेलर हेरेर आफूलाई राम्रो प्रतिक्रिया दिइरहेको बताए ।

“साङ्लोको ट्रेलर हेरेर भोजपुरी चलचित्र बजार र बलिउडमा पनि मन पराइएको छ । भोजपुरी र मुम्बइमा मेरा धेरै साथी र दर्शक हुनुहुन्छ, उहाँहरूले कस्तो राम्रो चलचित्र बनाएको, कस्तो राम्रोे एक्सन भनेर प्रशंसा गरिरहनुभएको छ,” उनले बाह्रखरीसँग भने, “त्यसको एउटै कारण मिहिनेत हो, यो मिहिनेत सबैले गर्नुपर्छ ।”

उनले नेपाली बजार र बजेट सानो भए पनि मिहिनेत गरे राम्रो चलचित्र बनाउन सकिने बताए । मौलिक कन्टेन्ट र आफ्नै शैलीका चलचित्र बनाउन सके विदेशमा पनि बजार खोज्न सकिने उनी बताउँछन् ।

“आज साउथ र बलिउडका चलचित्रसँग मेरो नेपाली चलचित्र साङ्लोको एक्सन तुलना भइरहेको छ । मैले खोजेको पनि त्यही थियो । तुलना गर्दा उनीहरूको लेबलकै काम हामी पनि गरौं, पैसाले पो सक्दैनौं मिहिनेतले त सक्छौं नि,” विराज भन्छन्, “ हामीले नितान्त मौलिक एक्सन गरेका छौं, साउथले चाहिँ हाम्रो फ्लेबर चोर्ने सम्भावना मैले देखेको छु ।

नयाँ कम्पोजिसन गरेका छौं । हामीले मिहिनेत गर्यौं भने उनीहरूलाई पनि पछि पार्न सक्छौं भन्ने कुरा मनमा राखेर काम गरेका छौं । विराजको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘साङ्लो’ माघ २४ गते रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *