मनोरंजन

नेपाल आइडलकी रचनाको स्वरमा ‘रुमाल चिनो’ सार्वजनिक

काठमाडौं । गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘रुमाल चिनो’ सार्वजनिक भएको छ । वसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा स्वर रचना रिमालको छ ।युट्युबमा लिरिकल भिडियो राखिएको गीतको म्युजिक भिडियो केही दिनमा आउने संगीतकार वसन्त

सापकोटाले जनाएका छन् । रचना नेपाल आइडलको जारी सिजन–३ मा उत्कृष्ठ १२ मा प्रतिस्पर्धीका रुपमा छिन् । नेपाल आइडलमा रचनाको गायकी थाहा पाएपछि निर्णायक न्ह्यू बज्राचार्य उनलाई खोज्दै घरमै पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *