प्रमुख समाचार

मानव बेचबिखनमा जनप्रतिनिधि नै संलग्न, ३ जना प’क्राउ

काठमाडौं, १६ माघ । मानव बे च बि खन गर्ने काममा जनप्रतिनिधि नै संलग्न भएको घ टना सार्वजनिक भएको छ । बे च वि खनको आरोपमा वडाध्यक्षसहित तीनजना प क्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित ३ जना मानव बे च बि खन आ रोपमा प क्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

प क्राउ पर्नेमा खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुर रहेका छन् । एक महिलाले दे ह व्यापार गर्ने गरेको उजुरी दिएपछि सानेपाको एक खाजाघरमा प्रहरीले छापा मा रेको थियो । ललितपुरका एसएसपी टेकप्रसाद राईले अभियोगबारे थप अनुसन्धान गर्नुपर्ने भएपछि खड्कासहित ३ जनालाई गत शुक्रबार नि य न्त्रणमा लिएको बताए ।

वडाध्यक्ष प क्राउबारे नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भने मौनता साधेका छन् । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले खड्का घुम्न निस्केको जानकारी आफूले पाएको बताए । प क्राउ परेका ठाकुर भारत मोतिहारीका हुन् भने श्रेष्ठ काठमाण्डु महानगरपालिका १६ का स्थायीबासिन्दा हुन् । एसएसपी राईका अनुसार, मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार ९ दिन म्याद थपेर उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *