प्रमुख समाचार

चाबहिलबाट गैंडाको खागसहित दुई जना पक्राउ, २५ लाखमा बार्गेनिङ

काठमाडौं, १६ माघ । काठमाडांँको चाबहिलबाट गैंडाको खागसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको खड्गभद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापा रहेको छन् । उनीहरुले चाबहिल एरियामा गैंडाको खाग २५ लाखमा बेच्न बार्गेनिङ गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

खत्री र थापाको शरीर तथा कोठा खानतलासी गर्ने क्रममा गैडाको एक थान खाग फेला पारी पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *