खेलकुद

ईपीएल खेल्न युनिभर्स बोस क्रिस गेल नेपाल आउने

काठमाण्डौ । युनिभर्स बोसको नामबाट प्रख्यात वेस्टइंडीजका ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग ( ईपीएल) खेल्ने भएका छन् । गेललाई पोखरा राइनोजले इपीएलका खेलाउन नेपाल ल्याउने लागेको हो ।

पोखरा राइनोजले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मार्की खेलाडीका रुपमा गेललाई भित्र्याउन लागेको जानकारी दिएको छ ।
टिमको लामो समयको ठुलो मेहनत पछि गेल नेपाल आउन राजि भएका हुन् । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *