मनोरंजन

चलचित्र ‘आमा’को गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’को गीत सार्वजनिक गरिएको छ । क्षेतेन क्षेत्रीको स्वर रहेको गीतमा शब्द भुपेन्द्र खड्काले लेखेका छन् । ‘मनको मौलो देखि मन्दिरसम्म…’ बोलको गीतमा संगीत सुभास भुषालले भरेका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार देखिएका छन् । चलचित्रका सिन भिडियोमा समावेश छन् ।
दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी मुख्य भूमिकामा छन् ।

हस्पिटल ड्रामा चलचित्र ‘आमा’ फागुन ९ गते रिलिज हुँदै छ । निर्देशक आफैंले खिचेको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *