मनोरंजन

रजनीकान्तलाई तत्काल प’क्राउ गर्न माग

भारतका दिग्गज कलाकार रजनीकान्तले हालै चर्चित सर्भाइभल शो ‘म्यान भर्सेस वाइल्ड’को सुटिङका लागि चर्चा बटुलेका थिए । हलिउडका कार्यक्रम प्रस्तोता बेयर ग्रिल्सको शोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिएका थिए अब रजनीकान्त पनि यो कार्यक्रममा देखिने भएका छन् ।

भारतका दिग्गज कलाकार रजनीकान्त स्टारर एपिसोडको सुटिङ कर्नाटकको बान्दीपुर नेशनल पार्कमा भयो । यद्यपि, यो कुरा केही अभियानकर्तालाई मन परेन । यी व्यक्तिले रजनीकान्तको शोको सुटिङमाथि आपत्ति जनाएका छन् ।

यतिमात्रै होइन, उनीहरुले रजनीकान्तलाई चाँडोभन्दा चाँडो प’क्राउ गर्न पनि माग राखेका छन् ।

किन यस्तो ?

बान्दीपुर नेशनल पार्कमा एउटा टाइगर रिजर्व पनि छ । यसै कारण यी अभियानकर्ताहलाई कार्यक्रमको सुटिङसँग स’मस्या भएको हो । बान्दीपुर नेशनल पार्कमा बस्ने जनावरलाई ख’तरा हुनसक्छ भन्दै आफूहरुलाई ड’र भएको उनीहरुको भनाई छ ।

यतिमात्रै होइन, सुख्खा मौसमका कारण यो नेशनल पार्कमा आगलागी पनि हुनसक्ने जसमाथि नियन्त्रण पाउन मु’श्कि’ल हुने भन्दै उनीहरुले आ’पत्ति जताएका छन् । एक अभियानकर्ताका अनुसार यो एपिसोड आजकालको सुख्खा मौसममा भन्दा मनसुनको समयमा पनि सुट हुन सक्थ्यो ।

रजनीकान्तलाई लाग्यो चोटः

स्मरण रहोस्, रजनीकान्तले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेका छैनन् । म्यान भर्सेस वाइल्सको सुटिङको क्रममा रजनीकान्त घा’इते भएको पनि खबर आइरहेको थियो । जबकी रजनीकान्तले त्यस्तो केही ठूलो नभएको र आफूलाई सानो चो’ट लागेको भनेर स्पष्टिकरण दिएका थिए । याे खबर नेपाल अाज मा लेखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *