मनोरंजन

‘परदेशी २’का लागि प्रकाश सपुतकी नायिका वर्षा सिवाकोटी

काठमाडौँ, १७ माघ । प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रको सिक्वेलमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् ।

‘परदेशी २’का लागि नायिकाको खोजी भइरहेको थियो । यसैबीच निर्देशक नारायण रायमाझीले प्रकाशको जोडीको रूपमा नायिका वर्षा सिवाकोटी फाइनल भएको बताएका छन् । केही दिनमा फ्लोरमा जाने तयारी गरिरहेको चलचित्रको लागी वर्षाले सम्झौता गरिसकेको बुझिएको छ । तर नायिका सिवाकोटीले यस बारेमा केही बोलेकी छैनन् । उनले चलचित्रको लागी कुरा भने भएको बताएकी छिन् ।

यसबारे निर्माण पक्षले पनि केही खुलाएको छैन । चलचित्रले रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा भन्ने छ । चलचित्रका लागि अर्की एक जना नायिकाको खोजी पनि भइरहेको बुझिएको छ । पछिल्लो समय वर्षाको हातमा एक पछि अर्को चलचित्र आइरहेका छन् । उनले भर्खर चलचित्र ‘चालबाज’को छायाङ्कन सकाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *