मनोरंजन

स्टार बन्छु भनेर अभिनयमा आएको होइन: निकिता

काठमाडौं । पूर्व मिस नेपाल निकिता चाण्डक अहिले चर्चामा छिन् । उनको चर्चाको विषयमा फिल्म ‘साङ्लो’ अभिनय भएको छ । यो फिल्म अभिनयको कारणले उनी चारै तिर मिडियामा छाइरहेकी छन् ।

‘साङ्लो’ उनको अभिनयमा डेब्यु फिल्म हो । त्यसैले यो फिल्मबाट उनले हिट हुने सपना समेत देखेकी छन् । अभिनेतमा विराज भट्टको जोडीको रुपमा अभिनय गरेकी निकिताले फिल्म अभिनयमा आफ्नो रुचि मिस नेपाल भन्दा अगाडिको रहेको बताएकी छन् ।

केही दिन अगाडि फिल्म युनिटले आयोजना गरेको मिडियाकर्मी भेटघाट कार्यक्रममा अन्तर्वार्ता दिँदै निकिताले भनिन्, ‘मिस नेपाल भएपछि मेरो अभिनय सोच भएको होइन । अभिनयमा आउने सोच पहिले देखिनै थियो ।’ कार्यक्रममा उनले आफुमा मिस नेपाल बन्ने सोच भने अभिनय सोच भन्दा पछिको भएको सुनाइन् ।

यहि माघ २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको निकिता एक्लो अभिनेत्री हुन् । विराज भट्को निर्माण तथा निर्देशन रहेको फिल्म हेरेपछि दर्शकले आफ्नो अभिनयको तारिफ गर्ने उनको अनुमान रहेको छ । मिस नेपालको उपाधि जितेपछि चलचित्रमा प्रवेशको बाटो खुलेको हो ? कार्यक्रममा एक पत्रकारको प्रश्न उनी तिर तेसिर्याे ।

‘मिस नेपालले अभिनयको बाटो खुल्छ भन्ने सोचाइ गलत हो’ उनले उतरमा भनिन् ‘उपाधिले केहीहदसम्म अभिनय प्रवेशमा सजिलो भने बनाउँदो रहेछ ।पहिले देखिकै रुचि भएकोले होमिएको बताएकी उनले भनिन् ‘ठूलो स्टार बन्छु भनेर अभिनयमा आएको होइन । सफलता असफलता दुबै मन्जुर छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *