प्रमुख समाचार

काठमाडौको केही स्थानमा शनिवार दिनभर बिजुली नहुने

काठमाडौं– काठमाडौको केही स्थानमा शनिवार दिनभर बिजुली नहुने भएको छ । चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी हो । रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *