प्रमुख समाचार

कोरोना भाइरस संक्रमणको आशंकामा एक बिरामी टेकु रेफर

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । प्रतिष्ठानले उक्त बिरामीलाई परीक्षणको लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रेफर गरेको छ ।

उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनलाई बिहीबार साँझ नै काठमाडौं रेफर गरिएको आकस्मिक विभागका प्रमुख ज्ञानेन्द्रबहादुर मल्लले जानकारी दिए । उनी विगत तीन दिन अघिदेखि उच्च ज्वरो, घाँटी दुख्ने समस्या लिएर बिहीबार बिहान अस्पताल भर्ना भएका थिए । ‘कोरोना भएको पुष्टी भएको छैन, शंका लागेर परीक्षणको लागि पठाएका छौं’ मल्लले भने । उनलाई तीन दिनदेखि १०३ डिग्री ज्वरो आएको छ ।

धरान–११ घर भएका उनी ५ दिन अघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ । मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको छलफपछि उनलाई टेकु रेफर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *