मनोरंजन

किन सफल भए सैफ ? पूर्वपत्नीका कारण

एजेन्सी– बलिउड अभिनेता सैफ अलि खान अहिले श्रीमती करिना कपुरसँग खुसीको जीवन बाँचिरहेका छन् । तर, उनले आफ्नो सफलताको कारण चाहिँ पूर्वपत्नी अमृता सिंहलाई दिएका छन् ।

दमदार अभिनयका कारण बलिउडमा फरक पहिचान भएका सैफले उनकी पूर्वपत्नी अमृताले नै उनलाई कामलाई सिरियस भएर लिन सिकाएकाले आफू सफल भएको बताएका छन् ।

उनले आफू घरबाट भागेर २० वर्षको उमेरमा विवाह गरेको तर पूर्वपत्नी अमृताका कारण कामलाई गम्भीर भएर लिन थालेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *