मनोरंजन

नेपाल आइडल : ‘रेस्पेक्ट पफमेन्स अफ द विक’ सज्जा चौलागाईंलाई

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ को १४ औं श्रृखलामा रेस्पेक्ट पफमेन्स अफ द विक सज्जा चौलागाईंले प्राप्त गरेकी छिन् । गत हप्ता पनि यो टाइटल सज्जाले नै पाएकी थिइन् । टाइटलसँगै उनले पाइन् २५ हजार रुपैयाँ ।

किरण कुमार भुजेलले पफमेन्स अफ द डे पाएका छन् । पफमेन्स अफ द डेसँगै उनले नगद २० हजार रुपैयाँ पनि हात पारे । ग्लामर मुभमेन्ट अफ द विक मुस्कान रानाभाटले पाइन् ।

गत हप्ता पफर्मर अफ द डे केभिन तामाङले प्राप्त गरे थिए भने वर्जर ग्लामर मुभमेन्ट अफ द विक मेघा श्रेष्ठले प्राप्त गरेकी थिइन् । मेघा सिजन–३ मा एक मात्रै गेल्डेन माइक विजेता हुन् । गत हप्ताको प्रस्तुतीका आधारमा १३औं श्रृंखलाबाट यो हप्ता स्वस्तिका ढकाल बाहिरिएकी थिइन् ।

१४ औं श्रृखंलामा आइपुग्दा नेपाल आइडलमा ११ जना प्रतिस्पर्धी बाँकी छन् । ११ औं श्रृंखलाबाट भोटिङ सुरु भएको छ । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *