मनोरंजन

गायिका इन्दिरा जोशीको मोडलिङ लुक्स (फोटो फिचर)

गायिका इन्दिरा जोशी संगीत क्षेत्रमा परिचित नाम हो । संगीत क्षेत्रमा राम्रो परिचय बनाएकी इन्दिरा आफ्नो सुरिलो स्वरका कारण होइन, सुन्दर रुपका कारण पनि चर्चामा रहने गर्छिन् । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने इन्दिरा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा पनि व्यस्त रहन्छिन् ।

केही समयअघि उनलाई एपीवान टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘नेपाल आइडल’ मा निर्णायकका रुपमा देखिएको थियो ।स्टाइलिस गायिकाका रुपमा चिनिएकी इन्दिराले स्वर दिएको गीत ‘रेलिमै’ पछिल्लो समय चर्चामा रहेको थियो । उक्त गीतमा इन्दिराले आफै मोडलिङ पनि गरेकी थिइन् ।

चर्चामा आउन विवादमा आउन नचाहने इन्दिरालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यानको कमी छैन । हामीले यहाँ सामाजिक सञ्जालमा शेयर गरेका र फ्यानले रुचाएका तस्वीरहरु शेयर गरेका छौँ ।

हेरौँ केही तस्वीर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *