खेलकुद

गौतम बुद्ध रंगशालाका लागि प्रति विकेट ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने सन्दीपको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । लामिछाने ले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै बुधबारदेखि शुरु हुने आईसीसी विश्वकप लिग २ मा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपौयाँ रंगशालाका लागि सहयोग गर्ने जनाएका छन् ।

उनले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खलामा लिने विकेट बराबर आर्थिक सहयोग गर्ने घाेषणा गरेका हुन् । उनले प्रति विकेट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बराबरको रकम रंगशालालाई सहयोग गर्नेछन् ।

नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने सपना रहेको बताउँदै उनले यसलाई आफ्नो पहिलो सामाजिक कार्यका रुपमा उल्लेख गरेका छन, उनले फेसबुकमा यस्तो लेखेका छन् ।

I have a dream for Nepal cricket. A dream where our young and highly talented generation will be a force to reckon with and go higher than our gigantic Mount of Everest. We currently have quite humble cricket facilities, still, our teams grit, determination and courage has never wavered.

Leave a Reply

Your email address will not be published. Required fields are marked *