अन्तरास्ट्रिय

रहेनन् न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरे

(रासस/सिन्हा), १९ माघ । न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा नि धन भएको छ । उहाँ सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बन्नुभएको थियो । उहाँको आफ्नै निवासमा नि धन भएको अधिकारीहरुले जनाएका छन् ।

उहाँको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गर्नुभएको छ । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उहाँले स्मरण गर्नुभएको छ । विश्व व्यापार सङ्गठन (डब्लुटिओ)लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

हरेकले उहाँलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मनु भएको थियो भन्ने गरेका छन्, प्रधानमन्त्री जसिन्दाले भन्नुभयो । उहाँ सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *