मनोरंजन

दर्पण राईको गीत ‘तिमीले बाटो फेरयौ अरे…२’ करोडौं क्लवमा

काठमाडौं : माघ १९ । दर्पण राईको गीत ‘तिमीले बाटो फेरयौ अरे…२’ पनि करोडौं क्लवमा प्रवेश गरेको छ । मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीले बाटो फेरयौ अरे २’ करोडौ क्वलबमा प्रवेश गरेको हो । यसअघि उनकै स्वरमा रहेको गीत ‘तिमीले बाटो फेरयौ अरे’ पनि करोडौ क्लवमा प्रवेश गरेको थियो । विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

‘तिमीले बाटो फेरयौ अरे…’ गीत बाटै मेलीना राई चर्चामा आएकी थिइन । ‘यो मुटु दुःखछ किन’,‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोता/दर्शकको मन मष्तिकमा राज गर्न सफल गीतकार दर्पण राईले ‘तिमीले बाटो फेरयौ अरे…२’लाई पहिलोलाई जस्तै स्रोता/दर्शकले उत्तिकै मन पराएका कारण आज करोडौ क्लवमा प्रवेश गर्न सफल भएको बताए ।

‘तिमीले बाटो फेरयौ अरे…२’ गीतको पछिल्लो समय चर्चासँगै यस गीतको नयाँ भर्सन पनि भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल गायक प्रितम आचार्यको स्वरमा केही समय सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *