मनोरंजन

२ हप्ता पनि टिकेन यी हलिउड नायिकाको पाँचौँ विवाह

हलिउड नायिका पामेला एन्डरसनको पाँचाैँ विवाहकाे यात्रा पनि २ हप्तामै बिराम लागेकाे छ। उनले २० जनवरीमा हलिउड निर्माता जोन पीटर्ससँग पाँचौँ विवाह गरेकी थिइन्। तर, पामेलाले विवाहको १२ दिनपछि पीटर्ससँग अलग हुने फैसला गरेकी छन्। उनले यो घोषणा औपचारिक रुपमा गरेकी छन्।

उनले भनेकी छन्, ‘हाम्रो फैसलालाई फेरि एक पटक समर्थन गर्नुस्।हामीले आफ्नो जिन्दगीमा फेरि एकअर्काबाट टाढा रहने निर्णय गरेका छौँ। यो विषयलाई लिएर आत्मविश्लेषण गर्न चाहान्छौँ।’ उनले जिन्दगीलाई यात्रा भनेकी छन् भने मायालाई प्रोसेसको रुपमा व्याख्या गरेकी छन्।

आफ्ना वैवाहिक प्रमाणपत्रलाई आधिकारिकता नदिने फैसला गरिएको उनले उल्लेख गरेकी छन्। पामेला र जोनले १२ दिन अघि विवाह गरेका थिए। यो विवाहमा पामेला र जनका बच्चा, नजिकका साथीहरु मात्र थिए।

यद्यपि, उनीहरुले पतिपत्नी बनेको आधाकारिक दस्तावेज फाइल गरिसकेका थिएनन्। पामेलाले पहिलो विवाह अमेरिकन म्यूजिशयन टोमी लीसँग गरेकी थिइन्। तर, विवाहको ३ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भएको थियो। त्यसपछि उनले किड रकसँग विवाह गरिन्।

यो विवाह पनि धेरै समय टिकेन। उनले त्याे बीचमा थप २ वटा विवाह गरिन् तर असफल भए। उनले पछिल्लो पटक उनले पाँचौँ विवाह गरेकी थिइन्। र, यो विवाह पनि १२ दिनभन्दा बढी टिक्न सकेन।

पामेला बिग बोस सीजन ४ मा देखिएकी थिइन्। यी नायिकाले विश्व तापमान वृद्धि भइरहेको र जलवायु परिवर्तनको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेकी थिइन्। -एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *