प्रवासी

विश्व हिन्दू महासभाका अध्यक्ष बच्चनको गोली हानी ह’त्या

भारत- भारतको लखनउमा विश्व हिन्दू महासभाका अध्यक्ष रणजीत बच्चनको गोली हानी ह’त्या गरिएको छ। आइतबार लखनउको पविर्तन चौकनजिकैको ग्लोब पार्कबाट मोटरसाइकलमा आएका व्यक्तिले रणजीतमाथि गोली प्रहार गरेका हुन्। उनको टाउँकोमा चार–पाँचवटा गोली हानिएको प्रहरीको भनाइ छ। गोली लागेरको उनको घटनास्थलमै मृ’त्यु थियो ।

उनका भाइ आशिष घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ। विश्व हिन्दू महासभाका अध्यक्ष रणजीत आइतबार मर्निङ वाकमा निस्केका थिए। कसले किन हत्या गरेको भन्ने खुलेको छैन। प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *