मनोरंजन

अष्ट्रेलियाको सिड्नीमा ‘कमेडी च्याम्पियन’का जज मनोज गजुरेलसहित टप ३को प्रस्तुति हुने

सिड्नी, २० माघ । अष्ट्रेलियाको सिड्नीस्थित लिडकम वाईट पार्कमा ‘कमेडी च्याम्पियन’ हुने भएको छ । ह्याप्पी ईन्टर्टेन्मेन्टको आयोजनामा आगामी अप्रिल ११ तारिखका दिन हाल कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘कमेडी च्यम्पियन’ शो का टप तीनसहित नेपालका चर्चित कमेडियन तथा उक्त कार्यक्रमका जज मनोज गजुरेल सहितको हाँस्यव्यङ्ग्य प्रस्तुती हुने भएको हो ।

कार्यक्रममा कमेडीका अलवा विभिन्न कल्चरल नृत्य बाल नृत्य स्थानीय कमेडियनको प्रस्तुती स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुति बिभिन्न बिधाका गायक तथा गायिकाको प्रस्तुति साथै साझ लाईभ ब्याण्डको प्रस्तुती रहनेछ । कार्यक्रम स्थलमा नेपाली परिकारका स्टल नेपाली उत्पादनका स्टल, शैक्षिक परामर्श दाता तथा विभिन्न कलेजका स्टल रहनेछन् ।

नेपाली समुदायका सबै वर्ग, विद्यार्थी पिआरको दौडमा कलेजको खोजिमा, घर जग्गाको खरिद बिक्री खोजिमा लागेकाका लागि सबै सूचना र उचित सल्लाह सुझाब एकै ठाउँबाट लिन मिल्ने व्यवस्था मिलाईएको आयोजक कम्पनीका डाईरेक्टर उद्धव पोख्रेलले बताए ।

कार्यक्रमसँगै नेपाल भिजिट बर्ष २०२० लाई प्रवद्र्धन गरिने कुरा यस कार्यक्रमका वल्र्ड टुर म्यानेजर सन्तोष आचार्यले जानकारी दिए । कार्यक्रमबाट हुने आम्दानीको केहि हिस्सा महाबिर पुनको राराष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *