खेलकुद

चोटका कारण नेइमार फेरि टीम बाहिर

काठमाडौं, २१ माघ । शनिबार राति भएको मोन्टपिलिएरसँगको खेलको क्रममा चोट लागेपछि नेइमार पूनः खेल खेल्न नसक्ने भएका छन् । चोटका कारण उनी मंगलबार नान्टेससँग हुने प्रतिस्पर्धामा पिएसजीमा रहेर खेल्न नपाउने भएका हुन् ।

पिएसजीले सोमबार निकालेको सूचनाअनुसार नेइमारको करङमा चोट लागेको र आराम गर्न पर्ने चिकित्सकको सुझावअनुसार मंगलबार नान्टेससँग प्रतिस्पर्धाका लागि टीममा रहने छैनन्।

शनिवार रातिको मोन्टपिलिएरसँगको खेलको क्रममा नेइमारलाई चोट लागेको बताइएपनि गम्भीर चोट नरहेको उनका कोच थोमस टुसेललाई उदृत गर्दै टाइम ट्वान्टी फोर न्यूजले बताएको छ ।

आइतवारदेखि सोमवारसम्म पेरिसमा आफ्नो २८औँ जन्म दिन भब्य रुपमा मनाउन व्यस्त नेइमारलाई कोच थोमसले नेइमारले जे गरे त्यो ठिक नभएको प्रतिक्रिया दिएका छन् ।

उनले भने-‘नेइमार जस्तो खेलाडि खेल शुरु हुन भन्दा केहि समयअघिसम्म प्रशिक्षक पुगेको स्थानमा तालिम लिन नपुगी बर्थडे मनाउनमै व्यस्त हुन्छन् भने त्यो भन्दा गलत अरु के हुन्छ ?’

पार्टी लगत्तै घोषणा भएको खेल टीममा नेइमार नपरेपछि नेइमारलाई पार्टीमै व्यस्त भइ प्रशिक्षण नलिएको कारण टीमबाट बाहिर गरिएको हो कि भन्ने समेत शंका उब्जिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *