मनोरंजन

सक्किगोनी छोडेर रातारात जिग्री रंगशालामा,”धुर्मुस दाईले गरेको काम देखेर भाबुक भए जिग्री (भिडियो)

रंगमञ्चमा जिग्रीका नामले चिनिने कलाकार सिताराम कट्टेलका भाई हुन् । उनको पनि आफ्नै पहिचान छ । जिग्रीका लागि दाई सिताराम कट्टेल धुर्मुसको नाम लिएर आफ्नो परिचय दिनु पर्दैन । कतिपयलाई त यि दुई दाजुभाई हुन भन्ने पनि थाहा नभएको हुनसक्छ । यतिवेला धुर्मुस र उनकी श्रीमती कुञ्जना घिमिरे सुन्तली चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन भनेर जुटेका छन् ।

उनीहरुले देश विदेशवाट सहयोग गर्न चाहनेहरुसंग सहयोग लिएर त्यो काम सुरु गरेका हुन् । ठूलो योजना बनाएर काम थालेका उनीहरुलाई थुप्रै बाधा ब्यवधान आए । तर पनि अहिले फेरी त्यो काम द्रुत गतिमा अघि बढिरहेको छ । देश भित्र र बाहिरवाट सहयोग आउने क्रम जारी छ ।

आफ्ना दाई भाउजुले त्यती ठूलो कामको अगुवाई गर्दा जिग्री पनि त्यो काममा सहभागी भएका छन् । उनी परिवारको सदस्यको हिसावले र एउटा कलाकारको नाताले त्यो अभियानमा जोडिएको बताउँछन् । धुर्मुस सुन्तली फाउण्डेशनले गर्न लागेको सो कामका लागि अहिले ब्यक्तिगत र सामुहिक सहयोग जारी रहेको बेलामा नकारात्मक प्रचार पनि भइरहेका छन् ।

आफ्नो दाई र भाउजुका बारेमा नकारात्मक कुरा बाहिर आएपछि उनका भाई जिग्रीले त्यसको कडा जवाफ दिएका छन् । उनले आफ्ना दाई धुर्मुस सानै उमेर देखि नै सहयोगी भावको भएको बताए । उनले कलाकारीता र सामाजिक काममा संगै रहेर काम गर्न पाउँदा आफुलाई पनि निकै गर्वको महशुष भएको बताएका छन् ।

भुकम्प गएपछि गरेको सहयोगका काममा आफु पनि दाईसंगै संगसंगै हिडेका जिग्रीले धुर्मुसको कुशल नेतृत्व गर्न सक्ने क्षमताका कारण ठूला ठूला योजना सफल भएको बताए । भुकम्प पीडितका लागि बनाइएको बस्तीको काम होस् वा अन्य सामाजिक काममा उनको नेतृत्व गर्न सक्ने क्षमताका कारण सफलता पाउन सकेको बताए । उनले भुकम्प पीडितका लागि एकिकृत नमुना बस्ती निर्माणका लागि काम गर्दा ७७ दिन आफुहरु भुईमा सुतेर एउटा लेवरले गर्ने काम गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *