आर्थिक

सुनचाँदीको भाउ घट्यो

काठमाडौं । सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुन प्रति दशग्राम ६४ हजार ४ सय ७० अर्थात् तोलाको ७५ हजार २ सय कायम गरेको छ ।

मंगलबारको तुलनामा आज सुनको भाउमा तोलामा ८ सय रुपैयाँले कमी आएको हो । मंगलबार तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ७४ हजार ९ सय कायम भएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन तोलाको ७५ हजार ७ सयमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आयो । आजका लागि चाँदीको भाउ तोलाको ८ सय ७५ तोकिएको महासंघले जनाएको छ । मंगलबार तोलाको ८ सय ८० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *