मनोरंजन

‘छ माया छपक्कै’ ले देला केकीलाई राहत?

काठमाडौं – अभिनेत्री केकी अधिकारीले राम्रो अभिनयका कारण जस पाउँछिन् । तर, उनले अभिनय गरेका फिल्म भने सधै फ्लप हुन्छन् । यसैका कारण पनि हुनुपर्छ, केकीलाई कतिले अभागी नायिका पनि भन्छन् । राम्रो अभिनय गरेर पनि चर्चा नपाउने र हिट फिल्म दिन नसक्ने कारण केकी पनि कहिलेकाहीँ खिन्न हुन्छिन् ।

यता भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’ बाट भने केकी आशावादी छिन् । किनकि, यसपटक उनको टिमअप व्यावसायिक हिसाबले सफल फिल्म दिएको दीपक–दीपाको समूहसँग हुँदैछ । रिलिजअघिको मूल्याङंकनलाई आधार मान्दा यो फिल्म चल्ने पनि देखिन्छ । चलचित्रले राम्रो हाइप बनाएको छ ।

ठूलो समूहमा फिल्म पुग्ने भएकाले केकी पनि आशावादी हुनु स्वभाविक पनि हो । तर, के केकीले सोचेझैं फिल्म हिट होला? या यो फिल्मबाट फाइदा होला?यसको उत्तर त अब फिल्म रिलिजपछि मात्रै थाहा हुनेछ । अहिलेका लागि भने के भन्न सकिन्छ भने केकीलाई यो फिल्मले केही राहत दिनेछ । उनले फिल्ममा अभिनय कस्तो गरेकी छिन्, त्यस आधारमा पनि दर्शकले उनको मूल्याङ्कन गर्नेछन् ।

दीपकराज गिरी र दीपाश्री निरौलाले बनाएको क्रेजका सामुन्ने केकीलाई आफ्नो काम देखाउन चुनौती त छँदैछ । यता केकीका फ्यान पनि आशावादी छन्, यो फिल्मबाट उनको काम देख्न पाइनेछ र फ्लप फिल्म दिने नायिकाको ट्याग पनि हट्नेछ । अब केकीले कस्तो काम देखाउने हुन्, त्यसका लागि भने केही दिन प्रतीक्षा गर्नैपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *