मनोरंजन

बिवाहा बन्धनमा बाँधिदै प्रिज्मा र बले ! बिवाह हुने मिती तय

काठमाडौं। ‘भद्रगोल’ नामक हाँस्य टेलिश्रृंखलाबाट अभिनयमा चिनिएका सागर लम्साल ‘बले’ र टिकटकबाट परिचित भएकी प्रिज्मा खतिवडाबीचको प्रेमसम्बन्धको चर्चाले अहिले बजार तातिरहेको छ ।

हाल ‘सक्किगो नी’ नामक हाँस्यटेलिश्रृंखलामा अभिनय गरिरहेका सागर (बले)ले दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । सोहि क्रममा उनको प्रिज्मासँग भेटघाट भएको थियो । जुम्ल्याहा दिदि–बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अहिले अभिनय क्षेत्रमा चर्चित छन् ।

दर्जनौँ म्यूजिक भिडियो तथा केहि चलचित्रका गीतहरुमा समेत उनिहरुले एकसाथ अभिनय गरेका छन् । सागर र प्रिज्मा मात्र होईन प्रिज्माकी बहिनी प्रिन्सी पनि मञ्जिल बस्नेतसँगको प्रेममा रहेको चर्चा छ । मञ्जिल पनि टिकटकबाट उदाएर हाल म्यूजिक भिडियोमा अभिनय गरिरहेका छन् ।

एक बिश्वस्त श्रोतका अनुसार सागर(बले) र प्रिज्माले अर्को बर्ष अर्थात २०७७ मा बिवाह गर्दैछन् । केहि महिना अघिदेखी प्रेममा रहेका उनिहरुको घरपरिवारमा समेत कुराकानी भईसकेको बुझिएको छ ।

अन्य समाचार :अनलाइनबाट आइफोन किन्न खोज्दा यसरी ठगिइन् समीक्षा काठमाडौं। ओखलढुंगाकी समिक्षा पौडेलले फेसबुकमा एउटा विज्ञापन देखिन् । एप्पल स्टोर नामक फेसबुक पेजमा गरिएको उक्त विज्ञापनमा एप्पल कम्पनीका आइफोनहरु निकै सस्तामा पाउने उल्लेख गरिएको थियो ।

जहाँ आइफोन सिक्स एस प्लस नेपाली रुपैयाँ १८ हजारमै उपलब्ध बताइएकोे थियो । त्यसपछि उनले उक्त पेजमा म्यासेज गरी बुझ्दा पेज चलाउने व्यक्ति अमेरिकामा रहेको र नेपालसम्म ल्याउँदा त्यसको मूल्य २५ हजार पर्ने जानकारी पाइन् ।

निकै सस्तोमा आइफोन पाउने भएपछि उनले एउटा आइफोन अर्डर गरिन् । तर, उक्त पेज सञ्चालकले अर्डर गरेपछि १० हजार डिपोजिट गर्नुपर्ने बताए । समिक्षाले नेपाल ईन्भेष्टमेण्ट बैंकमा खाता रहेको प्रेम मुखियाको नाममा १० हजार रुपैयाँ डिपोजिट गरिन् ।

विहीबारसम्म फोन डेलिभर हुने भएपछि उनी नयाँ फोनको प्रतिक्षामा थिइन् । विहीबार उनलाई म्यासेजमार्फत फोन ईण्डिया आइपुगेको जानकारी आयो । तर, फोन भन्सारमा अड्किएकाले १५ हजार तिरेपछि मात्र नेपाल आउने बताउँदै उनीसँग थप १५ हजार मागियो । त्यसपछि समिक्षालाई शंका लाग्यो ।

उनले पैसा नपठाउने बताइन् । पेज सञ्चालकले फोन ईण्डिया आइसकेको र भन्सार महशुल तिरेपछि फोन आफ्नो हातमा आउने भन्दै निकै दबाब दिएपछि हिमाल रेमिटमार्फत मोरङ जिल्लाका दिनेश घिमिरेको नाममा पैसा पठाइन् ।
दुई घण्टापछि सोही पेजबाट फेरी अर्को म्यासेज आयो, जहाँ फोन नेपाल आइसकेको बताइएको थियो । तर, फेरी पनि नेपालको एरपोर्टमा भन्सार तिर्नुपर्ने भन्दै थप ३० हजार मागियो।

त्यसपछि समिक्षाले आफू एयरपोर्टमा आउने र बाहिर भेटेर ३० हजार दिने बताइन् । तर, उताबाट बाहिर आउन नमिल्ने म्यासेज आयो । बारम्बार पैसा माग्न थालेपछि समिक्षालाई आफू ठगिएको स्पष्ट भयो ।

अन्तमा समिक्षाले न त आइफोन नै पाइन्, न त आफूले पठाएको २५ हजार फिर्ता नै पाइन् । एप्पल स्टोर नामक उक्त पेज अहिले पनि सञ्चालनमा छ ।

यो नेपालीले नै चलाएको पेज हुन सक्ने समिक्षा बताउछिन् । पेज सञ्चालकहरुले डेलिभरी ब्वाई बताएका एक व्यक्तिले १३०५९४६१७५२ नम्बरबाट अझैपनि कुरा गरिहेका छन् । यो नम्बर अमेरिकाको हो । पछिल्लो समय फेसबुक पेजमा सस्तोमा सामग्री उपलब्ध गराउने बताउँदै ठगी गर्ने गिरोहको बिगबिगी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *