मनोरंजन

किन रोकियो त बरुणको बिहे ? हेर्नुहोस वास्तविक कारण

मुम्बई । बलिउड अभिनेता वरुण धवनको अर्को महिना हुने भनिएको विवाह केही समयका लागि स्थगित भएको छ । यतिबेला यी अभिनेता गत साता रिलिज भएको आफ्नो फिल्म ‘स्ट्रिट डान्स थ्री डी’ असफलताको पीडामा छन् ।

आफ्नी प्रेमिका नताशा दलालसँग उनी अर्को महिना मार्चमा विवाहको तयारीमा थिए । सो विवाहको लागि उनले थाइल्यान्डको एउटा पाँचतारे होटलसमेत बुक गरिसकेका थिए । विवाहको तयारी हुँदै गर्दा उनले केही समयको लागि आफ्नो विवाह रोकेको छन् ।

यी अभिनेताको गत वर्ष फिलम कलंक व्यावसायिक रूपमा पूर्ण असफल भयो । सो फिल्मपछि निकै सजक भएका वरुणलाई आफ्नो नयाँ फिल्म ‘स्ट्रिट डान्स थ्री डी’ हिट हुन्छ जस्तो लागेको थियो ।

तर यो फिल्म पनि बक्स अफिसमा यतिबेला फ्लप भएको छ । १ सय करोडको लगानीमा बनेको फिल्म ‘स्ट्रिट डान्स थ्री डी’ले बक्स अफिसमा दुई सातामा जम्मा ६८ करोडको मात्र ग्रस व्यापार गरेको छ । यसरी आफ्नो महत्वाकांक्षी फिल्म पनि असफल भएपछि उनको तत्काल विवाह गर्ने योजना रोकिएको छ ।

आफ्नो गृह ब्यानरको फिल्म कुली नम्बर १ मा पनि यी अभिनेता काम गरिरहेका छन् । विवाहका लागि धवन परिवार र दलाल परिवारसमेत तयारीमा जुटेको बेला वरुण आफैंले केही पछि गरौं भनी मार्चको मितिमा विवाह स्थागित गरेका हुन् । उनले पारिवारसँग पनि सल्लाह नगरी केही समयका लागि विवाह रोकेका हुन् । अब विवाह कहिले हुन्छ भनेर उनले नयाँ मिति सार्वजनिक गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *