खेलकुद

मेस्सीको कमाइ रोनाल्डोको भन्दा झण्डै दोब्बर : यस्तो छ सूची

एजेन्सी, २५ माघ । बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वका सबैभन्दा धेरै कमाउने फुटबलर बनेका छन् । चर्चित खेल पत्रिका ‘एल इक्युपे’ले हालै सार्वजजनिक गरेको एक रिपोर्टका अनुसार अर्जेन्टिनी स्टार फुटबलरहरूमध्ये सर्वाधिक धेरै कमाउँछन् । मेस्सीको कमाइ प्रतिमहिना ८.३ मिलियन डलर छ ।

मेस्सी आफ्ना खास प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोभन्दा झण्डै दोब्बर कमाउँछन् । युभेन्टसका फरवार्ड रोनाल्डोको कमाइ प्रतिमहिना ४.५ मिलियन युरो रहेको छ । यस्तै ब्राजिलियन स्टार नेयमार तेस्रो स्थानमा आउँछन् ।

य महिना पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारले ३ मिलिन युरो कमाएका छन् । त्यसपछि बार्सिलोनाकै दुई खेलाडी एन्टोइन ग्रिजम्यान र लुइस स्वारेज रहेका छन् । उनीहरूले पनि ३ मिलियन युरोको हाराहारीमा प्रतिमहिना आम्दानी गर्छन् ।

छैटौं स्थानमा रियल मड्रिडका ग्यारेथ बेल छन् भने रियलकै इडेन हाजार्ड सातौं स्थानमा छन् । बेल र हाजार्डले प्रतिमहिना २.५ मिलियन युरो कमाउँछन् । यता प्रशिक्षकतर्फ स्पेनिस क्लब एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनको कमाई सबैभन्दा धेरै छ ।

उनले प्रतिमहिना ३.६ मिलियन युरो कमाउँदै विश्वकै सर्वाधिक कमाउने प्रशिक्षकको सूचीमा शीर्ष स्थान बनाएका छन् । त्यसपछि पेप ग्वार्डीओला, जोसे मौरिन्हो, जर्गेन क्लोप रहेका छन् । म्यानचेस्टर सिटीका ग्वार्डीओलाको कमाई १.९४ मिलियन युरो छ भने मौरिन्हो र क्लोपको कमाइ १.४६ मिलियन युरो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *