प्रमुख समाचार

नेपाल को सहयोह चीनलाई

काठमाडौं– नेपालले चीन सरकारलाई १ लाख थान प्रोटेक्टिभ मास्क हस्तान्तरण गरेको छ । शुक्रवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई उक्त मास्क हस्तान्तरण गरेका हुन् ।

सरकारले कोरोना भाइरससँग जुधिरहेको छिमेकी मुलुक चीनलाई १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो । परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् ।

कोरोना भाइरसका कारण चीनमा ६ सय ३८ जनाको मृत्यु भैसकेको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शुक्रबार बिहानसम्म कोरोनाको संक्रमणबाट चीनमा मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ। चीनबाहेक हङकङ र फिलिपिन्समा एक/एक जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *