मनोरंजन

बहुचर्चित ‘गोलमाल’को पाँचौं सिक्वेलमा आलिया भट्टको इन्ट्री !

एजेन्सी, २७ माघ । बलिउडको बहु प्रतिक्षित कमेडी फ्र्यान्चाइज गोलमालको नयाँ भाग बन्ने भएको छ । निर्देशक रोहित शेट्टी र अभिनेता अजय देवगनको जोडीको सबभन्दा सफल श्रृंखला नयाँ फिल्म ‘गोलमाल ५’ २०२१ को दिपावलीमा आउने भएको छ ।

फिल्म समीक्षक राजीव मसन्दलाई उद्धृत गर्दै बलिउडसम्बन्धि समाचार पोर्टलहरुले जनाएअनुसार यसमा अजयको जोडीका रुपमा आलिया भट्ट देखिने संभावना छ । निकै ग’म्भीर चरित्रहरुमा देखिएकी आलियाले हल्काफूल्का कमेडीमा अभिनय गर्न खोजेको र यसका लागि गोलमालभन्दा राम्रो विकल्प अरु नभएको बताइएको छ ।

आलियाले हालै संजयलिला भन्सालीको ‘गंगुबाइ’, करण जौहरको ‘तख्त’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । यस्तै, एसएस राजमौलीको फिल्म ‘आरआरआर’मा उनी अजय देवगनसँगै देखिदैछिन् । आलिया पनि जोडिएको खण्डमा गोलमाल श्रृंखला झन् ठूलो हुनेछ । यसअघिका गोलमालमा रिमी सेन, करिना कपुर र परिनीति चोपडा थिए, आजको कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *