आर्थिक

एकासी घट्यो सुनको भाउ हेर्नुहोस कतिमा कारोबार हुदैछ बजारमा

काठमाडौं– निरन्तर उकालो लागेको सुनको मूल्य घट्न थालेको छ । साताको चौथो दिन आज सुन तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो (मंगलबार) प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन आज (बुधबार) ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७५ हजार ७ सयमा आएको हो । अन्य समाचार : नेपालको कीर्तिमानी बलिङ, ओडिआई कै कम स्कोरमा समेटियो अमेरिका काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाले नेपाललाई ३६ रनको भिनो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको हो ।

अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशानले ३ ओभर बलिङ गर्दै १ मेडजन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए ।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो । यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८.४ ओभर खेल्दै ३५ रनको लक्ष्य दिएको थियो । श्रीलंका र जिम्बाबेसँगको स्कोर बराबर भएपनि नेपाल र अमेरिकाबीचको ओभर कभ भएकाले यो इतिहासकै सानो लक्ष्य हो ।

नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमनी बनेको छ । यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो । नेपालले अमेरिकालाई १२ ओभरमा अल आउट गर्दा यो कीर्तिमान पहिलो बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *