प्रमुख समाचार

चेली तामागंलाई ठक्कर दिने मोटरसाइकलका मालिक भन्छन्,

चेली तामागंलाई ठक्कर दिने मोटरसाइकल चालक अहिले मिडियामा सार्वजनिक भएका छन् । चार वर्ष अघि चेलीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । चेलीको अहिले विभिन्न अस्पतालमा उपचार हुँदै ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरकेको छ ।

काठमाडौंको तीन कुनेमा भएको दुर्घटनामा मोटरसाइकल चलाउने ब्यक्ति भने मोटरसाइकलका धनी दिएनन् । मोटरसाइकल अर्कैको तर चलाउने अर्कै । मोटरसाइकल धनीका बुवा रेशम केसी अहिले मिडियामा आएका हुन् ।

चेलीको उपचारका लागि उनका श्रीमान चार वर्ष देखि अस्पतालमा छन् । प्युठानका केसीले छोरालाई काठमाडौंमा पढ्नका लागि भनेर मोटरसाइकल किनिदिएका थिए ।

तर उनका छोरा प्युठान जाने बेलामा बसपार्कमा गाडी चढ्न त्यो मोटरसाइकलमा एक जना साथीलाई लिएर बसपार्क गए । पछि आफ्नो कोठामा मोटरसाइकल राखिदिएस् भनेर उनले खड्का थर भएका आफ्ना साथीलाई भने । उनै साथी घर फर्कने बेलामा काठमाडौंको तिनकुनेमा दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *