मनोरंजन

जन्मदिनमा आयुषसंग प्रियंकाको विवाह? भ्यालेन्टाइन डे मा हुदैछ बिशेष तयारी

यतिबेला अभिनेत्री प्रियंका कार्कीको विवाह मिति चर्चामा रहेको छ। अभिनेता आयुष्मान देशराज जोशीसंग विवाह बन्धनमा बाधिन लागेकी प्रियंका को विवाह मितिलाई लिएर चारैतर्फ कौतुहलता रहेको छ।

यहि बिचमा प्रियंका र आयुष्मान फागुन १५ गते विवाह बन्धनमा बाधिन लागेको विश्वसनीय श्रोतले जनाएको छ । फागुन १५ अभिनेत्री कार्कीको जन्मदिन हो। यहि दिन उनि आयुष्मानको घर भित्रिने तयारीमा रहेको बुझिएको छ।

यहि बिषयमा प्रश्न गर्दा प्रियंका भन्छिन्, ‘आयुष र म यहि भ्यालेन्टाइनमा विवाह मिति सार्वजनीक गर्दैछौ। जति पनि हामीलाई शुभकामना दिने र हाम्रो विवाह मिति कुर्ने दर्शक हुनुहुन्छ उहाहरुलाई त्यहि दिन थाह हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *