सूचना प्रविधि

भोलि सार्वजनिक बिदा

कालिकोट। जनयुद्ध दिवसको अवसर पारेर कालीकोटको पलाता गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गाउँसभाले गरेको पुष्टि गाउँपालिकाका सूचना प्रविधि विज्ञ नवीन चौहानले गरे ।तत्कालीन (नेकपा माओवादी)ले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध थालेको थियो । त्यतिबेलाको माओवादी टुटफूटको अनेकन श्रृंखला बेहोर्दै अहिले नेकपा (माओवादी)को नाममा अस्तित्वमा समेत छैन् ।

जनयुद्ध शुरू गर्ने मुख्य नेताहरूमध्ये पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ दल नेकपाको अध्यक्ष छन् भने डा. बाबुराम भट्टराई मधेश केन्द्रित दल फोरमसँग एकता गरी समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बनेका छन् ।मोहन वैद्य किरणको नेतृत्वमा कान्तिकारी माओवादी छ, अर्को एउटा तप्कालाई भूमिगत राजनीतिमा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरिरहेका छन् ।

अन्य समाचार :फागुनदेखि नारायणीमा सरर पानी जहाज : १० दिनभित्र अनलाइन बुकिङको आह्वान भरतपुर। नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो ।

क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो । मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौँ ।”

उहाँले १० दिनभित्र अनलाइन बुकिङ आह्वान गर्ने जानकारी समेत दिनुभयो । क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना ( डिनर क्रुज)का लागि अनलाइन बुकिङ खुला गरिँदैछ । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइँदैछ । जहाज भित्र नै गायकको गीतमा पर्यटक रमाउन सक्नेछन् । बारहरु रहनेछन् । भुइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र

छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिनुभयो । दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन÷तीन घण्टाको यात्रा गराइनेछ । यात्राका क्रममा काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् । नेपालमा व्यावसायिकरूपमा सञ्चालन गर्न लागिएको यस

प्रकारको क्रुज पहिलो रहेको बताइएको छ ।ज्ञानेश्वर सामुदायिक वनसंगै नारायणी नदी छेउमा जहाज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यसको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको उहाँले बताउनुभयो । क्रुजसीपको सञ्चालनका

लागि आवश्यक तीन जना क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी रहेका छन् । दीर्घकालीनरूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने जनाइएको छ । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि रु १५ करोड हाराहारी खर्च भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *