मनोरंजन

गाउँको माया नपाएकी झुप्रीलाई मिल्यो लाखौँ दर्शकको साथ….[भिडियो सहित]

१ फाल्गुन २०७६, बिहीबारकाठमान्डौ ,आफ्नाेे बेग्लेै माैलिक पहिचान बाेकेर संगीतिक जगतमा उदाएकि झुप्रि भण्डारिकाे पहिलाे गित सम्झि रुनारुना सार्बजनिक भएकाे छ ।झुप्री भण्डारीको पहिलो गीत सम्झी रुना’रुना सार्वजनिक भएसँगै धेरै द’र्शकको मन चि’रिएको छ । झुप्रिले नेपालकाे पहिलाे रियालिटि साे द भाेइस अफ नेपालमा आफ्नै माैलिक गित गाउँदा धेरै दर्शककाे आँखा रसाएका थिए । आजसम्म आफ्नाे आँखाले उज्यालाे र अँध्याराेकाे महसुस गर्न नपाएकि झुप्रिले आफ्नाे जिन्दगीकाे कथाजस्तै गित गाउछिन ।

आँखा नदेखेकै कारणले उनले औपचरिक शिक्षाबाट समेत बन्चित हुनुपर्यो तर पनि उनले सुनेकाे भरमा टपक्कै लय टिपेर आफ्ना पिडालाइ गितमा ढाल्न खप्पिस रहेकि छिन् । आफुलाइ आफ्नाे जिन्दगीदेखि वाक्क लागेकाे र पटक्कै बाच्न मन नलागेकाे अभिव्यक्ति उनका गितमा पाइन्छ । उनका गितमा आमाले नमारेकाे खुव गुनासाे गरेकि छन् । उनका गितमा प्राय निरासावादि चिन्तन पाइन्छ ।आफ्नै जिन्दगीको वास्तविकतालाई गीतमा उतार्ने झुप्रीलाई काठमाण्डौसम्म ल्याएर संसारभर चिनाएका कमल संघर्षले ‘सम्झी रुना रुना’को गीत लेखनमा सघाएका छन् ।

गीतमा पाण्डव विष्टको लय रहेको छ भने एरेन्ज विनोद बजुरेलीले गरेका हुन् । गीत सडक मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियो निर्देशन कमल संघर्ष र वरुण रिजालले गरेका छन् । झुप्रीकै घरमा कैद गरिएको भिडियोको दृश्यमा झुप्री सहित उनका बुवा आमालाई देख्न सकिनेछ । उनको गीत सुनेर आँसु भरेको कुरा व्यक्त गरेका छन् भने कतिपय दर्शकले उनलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् । दृष्टिबिहीन झुप्रीलाई यतिबेला माया गर्नको लागि जनसागर उ’र्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *