प्रमुख समाचार

६ लाख नगदसहित १६ जुवाडे पक्राउ

काठमाडौं- नेपाल प्रहरीले काठमाडौंको मनमैजुबाट ६ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले शुक्रबार अपरान्ह ५ बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो । बालाजु प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ लाख २५ हजार रुपैयाँसहित १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तार्केश्वर नगरपालिका–९ शुभकामना चोकस्थित दिनेश पन्तको कोठामा अवैध जुवा सञ्चालन हुने गोप्य सूचनाको आधारमा १६ जुवाडेलाई शुक्रबार नियन्त्रणमा लिइएको बालाजुका डीएसपी रन्जित सिंह राठौरले बताए । पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *