आर्थिक

अमेरिकी डलरसहित केही देशको भाउ बढ्यो कि घट्यो ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं – आइतवार अमेरिकी डलरसहित अन्य केही देशको भाउ शनिवार कै हाराहारीमा रहेको पाईएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १४ रुपैयाँ ५१ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७६ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ७६ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३ सय २ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ३ रुपैयाँ ७३ पैसा तोकिएको छ । त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७३ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७५ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

त्यसैगरी एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।आज एक युएई दिरामको खरिददर ३१ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४९ पैयाँ २८ पैसा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *