समाचार

दुई वटा गाडीको नम्बर प्लेट एउटै, त्यो पनि मन्त्रीकै !

काठमाडौं– सामान्यतया चोरी तथा आपराधिक गिरोहले नम्बर प्लेट फेरेर आपराधिक गतिविधि बढाउने गरेको विषय नौलो होइन । एउटै नम्बर प्लेट भएका सवारी साधान बेला बखत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको पनि पाइएकै हौ । हालै एउटै नम्बर प्लेट भएको दुई वटा सवारी साधानको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सरकारी गाडी एउटै नम्बर प्लेटको रहेको भन्दै पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा लेखेका छन्– मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर । पार्किङ गरी राखिएका दुई वटै गाडीको नम्बर प्लेटमा बा २ झ ३५३२ रहेको छ । मन्त्री चढ्ने गाडीको नम्बर प्लेट एउटै भएपछि सामाजिक सञ्जनालमा तस्वीर भाइरल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *