राजनिति

ललितपुर महानगरपालिकाका पूर्व मेयर शाक्यको निधन

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका पुराना नेता तथा ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको ८८ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी पर्नु भएको शाक्यको आईतबार बिहान निधन भएको हो । उनले आधुनिक ललितुर शहर बनाउन मेयर हुँदा ठुलो भूमिका खेलेका थिए ।

लामो समयदेखि बिरामी रहेका शाक्यको आज विहान निधन भएको ललितपुर महानगरपालिकाको उपमेयर गीत सत्यालले जानकारी दिइन्। २०४७ सालको राजनितिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उनगरपालिकाको पहिले मेयर बनेका थिए। शाक्यका दुई छोरी एक छोरा र श्रीमती छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *