प्रमुख समाचार

रिहा हुन लगत्तै प्रचण्डले दिए महरालाई बधाइ

काठमाडौं, ५ फागुन । सोमबार काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएलगत्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन् ।

अदातले न्याय दिएको भन्दै उनले बधाइ दिएका हुन् । आज महराले सफाई पाइसकेका छन् । अदालतको फैसला आएलगत्तै प्रचण्डले महरालाई फोन गरी बधाई दिएको स्रोतले जनाएको छ ।

महरा प्रचण्डका खास सहयोगी र विश्वास पात्रमध्येका एक हुन् । कुनै पनि महत्वपूर्ण निर्णय लिनुअघि प्रचण्डले महरासँग परामर्श लिने गरेका थिए । जे भए पनि दुइ जनाको मित्रता कायमै रहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *