आर्थिक

सुको मुल्यको नयाँ रेकर्ड : कल्पनानै गर्न नसक्ने गरि ह्वात्तै बढ्यो हेर्नुहोस

काठमाडौँ, ७ फागुन । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अन्य आर्थिक गतिविधिमा सुस्तता आएसँगै विश्वका लगानीकर्ता सुन बजारमा आकर्षित भएकाले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार सुन प्रतिऔँस १५८७.७७ डलर कायम भएको छ । यो ५.१४ डलरले उकालो लागेको हो । केही दिनअघि पनि यो मूल्यले उछाल मारेर १६१० डलर पुगेको थियो तर यो निकै छोटो अवधि मात्र कायम रहेकाले त्यसको प्रभाव नेपाली बजारमा भने नपरेको सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

तर फेरि पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य छिटै नै एक हजार छ सय डलरभन्दा माथि पुग्ने अनुमान गर्न थालिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाली बजारमा पनि सुनले नयाँ रेकर्ड बनाएको छ ।

मङ्गलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार सात सय रुपियाँमा कारोबार भयो । यसअघि गत माघ १८ गते ७६ हजार पाँच सय रुपियाँको रेकर्ड बनाएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार चार सय रुपियाँमा किनबेच भएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *