मनोरंजन

कपिल-रोमीको अन्दाजमा रणवीर-दीपिका

क्रिकेटर कपिल देवको बायोपिक फिल्म ‘८३’को नयाँ तस्बिर सार्वजनिक गरिएको छ। फिल्म युनिटले रणवीर सिंह र दीपिका पादुकोनको तस्बिर सार्वजनिक गरेको हो। जसमा कपिलको अन्दाजमा रणवीर सिंह देखिएका छन् भने कपिलकी पत्‍नी रोमी देवको अन्दाजमा दीपिका पादुकोन देखिएकी छन्।

दीपिकाले यो फिल्ममा आफ्नो भूमिकाबारे सञ्चारकर्मीलाई सुनाउँदै भनेकी छन्, ‘भारतीय खेलकुदको इतिहासमा सबैभन्दा प्रतिष्ठित क्षणमध्येको महत्पूर्ण भूमिका मैले निर्वाह गरेकी छु। जुन एकदमै सम्मानित रहेको मैले महसुस गरेकी छु।’

उनले पतिको पेसा र ब्यक्तिगत चाहनाप्रति एक पत्नीको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा आफ्नो आमाबाट थाहा पाएको बताइन्। ‘८३’ फिल्म तिनै महिलाहरुप्रति समर्पित रहेको दीपिकाले बताइन्। ‘यो फिल्म तिनै महिलाहरुप्रति समर्पित छ, जसले आफ्नो पतिको सपनालाई आफ्नो सपना बनाउँछन्,’ उनले भनेकी छन्। कविर खान निर्देशित फिल्म अप्रिल १० मा रिलिज हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *