मनोरंजन

नचेतेका प्रदीप !

काठमाडौं । प्रदीप खड्कालाई आफ्नो स्टारडम जोगाउन एउटा गतिलो फिल्मको जरुरी छ । लिलीबिली, रोज, लभ स्टेसन कुनै पनि फिल्मले उनको स्टारडम मजबुत गर्न मद्दत गरेनन् ।

लिलीबिली र रोजले त निर्माताको बिचल्ली नै पारेका छन् । पैसा नउठेपछि लिलीबिलीका निर्माता बारम्बार झ्यालखाना नै बसेका छन् भने रोजका निर्माताले बल्लतल्ल कलाकारको पैसा चुक्ता गरेका खबर बाहिर आएका छन् । लभ स्टेसनले त पैसा मात्र होइन, निर्मातासँगै प्रदीपको पनि हुर्मत लिएको थियो । यो फिल्म टर्किस फिल्मको जस्ताको तस्तै नक्कल थियो ।

लभ स्टेसनको चोरी काण्डपछि धेरैले सोचेका थिए, प्रदीप अब सुध्रन्छन् । तर, उनको रिलिज हुन लागेको प्रेमगीत ३ को भर्खरै सार्वजनिक भएको गीत हात्ती ढुंगामाको कम्पोजमात्र होइन कोरियोग्राफि पनि चोरिएको देखिन्छ ।

गीत रजनीकान्त र ऐश्वर्या राय अभिनित तमिल फिल्म इथिरन को किलिमन्जारोबाट चोरिएको छ भने कोरियोग्राफि हैदर र पद्मावतका गीतबाट उडाइएको छ । प्रदीप यसरी चोरीमा रमाएको देखेर दर्शकलाई त शरम लाग्न थालिसक्यो भने उनलाई कहिले लाग्ने हो ? सम्पूर्ण’बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *