राजनिति

नाकाबन्दी भन्न नसक्नेहरु केक राष्ट्रवादी भए : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विरोध गर्ने केही विषय नपाएपछि आफ्नो जन्मदिनलाई मुद्दा बनाएको बताएका छन् ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले खानेपानी, विजुली पुगेको अवसरमा जनताले खुसी मनाएको र आफ्नो जन्मदिन पनि त्यही बेला मनाएको बताए ।

तर विजुली धारा पुगेको नदेख्नेहरुले धुमधामसँग जन्मदिन मनाएको भनेर आलोचना गरेको उनले बताए । आफूले नाच्न पनि नभनेको र केक ल्याउन पनि नभनेको भन्दै उनले भने, ‘मैले त हेर्दा पनि हेरिनँ, कति केक ल्याए र लगे ।’

नेपालको नक्सा अंकित केक काटेको भन्दै भएको आलोचनालाई उनले केक राष्ट्रवादको संज्ञा दिए ।मोदी, ओबामाको केक बनाएको हेर्न आग्रह गर्दै उनले भने, ‘हिजो नाकाबन्दी भएको बेला चुप बस्ने, नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो ।’

संसदबाट भागेको छैन

आफू केही दिन संसदमा नजाँदा संसदबाट भाग्न पाइँदैन भनेको सुनेको प्रधानमन्त्री ओलीले सुनाए ।बोल्न खोज्दा नाराबाजी गरेर बोल्न नदिएको भन्दै संसदबाट नभाग्ने बताए । उनले अघि भने, दुई तिहाई ल्याएको नेता हुँ म । केही दिनमा गएर सुन्छ र जवाफ दिन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *