प्रमुख समाचार

कोरोनाबाट मृ: त्यु हुनेको संख्या २९ सय नाघ्यो, चीनपछि दक्षिण कोरिया बढी प्र’ भावित

दक्षिण कोरियाले कोभिड–१९ (कोरोना भाइरस)को सं’क्र’मण नि यन्त्रणका लागि आफ्ना नागरिकलाई बाहिर हिड्डुल नगर्न आग्रह गरेको छ । शनिबार एकै दिन ५९४ जनामा भाइरसको सं क्रमण पुष्टि भएपछि सरकारले घरबाहिर हिडडुल नगर्न आग्रह गरेको हो । शनिबारसम्म दक्षिण कोरियामा कोरोना सं क्रिमितको संख्या २ हजार ९३१ पुगेको छ ।

चीनको वुहानबाट फैलिएको उक्त भाइरस चीनपछि सबभन्दा बढी संक्रमित मुलुक दक्षिण कोरिया हो । हालसम्म दक्षिण कोरियामा १७ जनाको निधन भईसकेको छ । चीनमा कोरोनाबाट ज्या : न गुमाउनेको संख्या २ हजार ८३५ पुगेको छ । विश्वभरमा हालस्म्म २ हजार ९२४ जनाले ज्या : न गुमाईसकेका छन् ।

विदेशमा भ्रमण वर्षको प्रचार स्थगित

सरकारले विदेशमा ‘नेपाल भ्रमण वर्ष २०२० को प्रचार’ रोकेको छ । चीनको हुवान प्रान्तबाट सुरु भएर अहिले विश्वका करिब ५० देशमा फैलिसकेको कोरोना भाइरसका कारण सरकारले विदेशमा हुने भ्रमण वर्षको प्रचार रोकेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि विदेशमा गरिने भ्रमण वर्षको प्रवर्दनात्मक प्रचार स्थगित गरिएको जानकारी दिए । बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले ‘जब परिस्थिति अनुकुल हुन्छ, त्रासहरु हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षका कार्यक्रमहरु गर्नेछौं’ भने ।

कोरोनाका कारण सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक ल्याउने भनेपनि उक्त लक्ष्यसमेत प्रभावित हुने खतरा देखिएको मन्त्री भट्टराईको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *